संसद बैठक बस्दै नबसी स्थगित

काठमाडौं । आजका लागि बोलाइएको संसद बैठकपनि बस्दै नबसी स्थगित भएको छ ।

संसद सचिवालयले, विशेष कारणले बैठक बस्न नसकेको सूचना निकालेर बैठक भोली सम्मका लागि सारेको छ ।

‘आज मिति २०८० साल भदौ ५ गते मंगलबार दिनको ३ः०० बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक मिति २०८० साल भदौ ६ गते बुधबार दिनको ३ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । ’ संसद सचिवालयद्वारा जारी सूचनामा भनिएको छ ।

 

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७