शीर्ष नेताहरुको साक्षी बस्नु बदनाम हुनु मात्रै हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरुको बैठकमा साक्षी बस्नु भनेकै बदनाम हुनु हाे भन्ने टिप्पणी गरेका छन् ।

आजका लागि बोलाइएको सर्वदलीय बैठकमा सहभागि हुन पुगेका उनले शीर्ष नेताहरुको कार्यशैलीप्रति तिव्र असन्तुष्टि जनाउँदै अब बैठकमा समेत सहभागि नहुने संकेत गरे ।

‘शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु हो । यसको खासै अर्थ हुँदैन ।’ उनले भने ‘सम्भवतः अब हामी उहाँहरुलाई नै टुंग्याउन दिन्छौ । यो सामान्य कुरालाई पनि लम्ब्याउन मलाई यो साक्षी बस्नुको कुनै अर्थ छैन । ’

उनले अब कसरी अघि बढ्ने भन्ने विषयमा थप छलफल गर्ने भन्ने विषयमा लाग्ने बताए । उनले भने ‘हामी कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्छौ ।’

सर्वदलीय बैठक भोली ११ बजे बस्ने गरि तोकिएको छ ।

आजको संसद बैठक समेत प्रधानन्यायाधीशको शपथ र एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था विग्रिएको भन्दै सारिएको छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७