साउदी सीमा सुरक्षा गार्डहरूद्वारा सयौं आप्रवासीको हत्या

काठमाडाैं । साउदी  सीमा सुरक्षा गार्डहरूले युद्धग्रस्त यमन पार गरेर साउदी अरेबिया पुग्ने सयौं इथियोपियन आप्रवासीको गोली हानी हत्या गरेका छन् । आप्रवासीहरूले बिबिसीलाई बताएअनुसार उनीहरूको गोलीबाट धेरैको हात काटिएका छन् र कयौंको शवहरू यत्रतत्र छाडिएका छन् ।

यद्यपी साउदी अरेबियाले भने यसअघि नै योजनाबद्ध हत्याका आरोपहरू अस्वीकार गर्दै आएको छ ।

ह्युमन राइट वाच (एच आर डब्लु)को प्रतिवेदनका अनुसार साउदी सुरक्षा गार्डहरूले आप्रवासीमाथि गोली वर्षाएका थिए । साउदी प्रहरी एवं सैनिकहरूले उत्तरी सीमामा आप्रवासीहरूलाई विस्फोटक हतियारको निसान बनाएको र गोली हानेको एच आर डब्लुको निवेदनमा उल्लेख गरिएको छ ।

बिबिसीले छुट्टाछुट्टै गरेको सम्पर्कमा आप्रवासीहरूले रातको समयमा ठूलो संख्यामा कामको खोजीमा सीमा पार गरिरहेका बालबालिका र महिलाहरूसहितको इथियोपियन समूह आगोमा परेको बताएका थिए ।

२१ वर्षीय मुस्तफा सोफिया मोहम्मदले बिबिसीलाई भने, “गोलाबारी जारी रह्यो ।” उनका अनुसार गत वर्षको जुलाईमा सीमा पार गर्न खोज्दा गोलाबारीमा परी ४५ जना आप्रवासीहरूको समूहका केही मारिएका थिए । “मलाई गोली लागेको थाहा भएन,’ उनले भने, ‘जब उठेर हिँड्न खोजेँ, मेरो खुट्टाको एक भाग थिएन ।”

उनका अनुसार यमनी र इथियोपियाली तस्करहरूको खतरा, भोकमरी र हिंसायुक्त तीन महिनाको यात्रा क्रूर थियो, अराजक अन्त्य रह्यो ।

भिडियोमा मुस्तफाको देब्रे खुट्टा लगभग पूर्णरूपमा काटिएको देखाइएको थियो । उनको खुट्टा घुँडामुनि काटिएको थियो । अहिले उनी इथियोपिया फर्केर आफ्ना बाआमासँग बसेका छन् । उनी बैसाखी र कृत्रिम अङ्ग लिएर हिड्दै छन् ।

“म साउदी अरेबिया गएँ किन भने म आफ्नो परिवारको जीवन सुधार्न चाहन्छु,” दुई सन्तानका बुबाले भने, “तर म जे आसा गरेर गएको थिए, त्यो पूरा भएन, अब मेरा बाआमाले मेरा सबै कुरा गर्नुपर्छ ।”

-बीबीसी 

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७