सलोन र केकीको ‘जय हो’लाई अष्ट्रेलियामा ८७ शो

काठमाडौं । भदौ ८ गते नेपालसहित विदेशमा समेत प्रदर्शन हुन लागेको सलोन बस्नेत स्टारर ‘जय हो’ को अन्तर्राष्ट्रिय प्रदर्शनलाई लिएर उत्साहजनक खबर छ ।

यो फिल्म उक्त मितिमा अष्ट्रेलियामा ८७ शोसहित रिलिज हुँदैछ । अष्ट्रेलियाली वितरक नमस्ते इन्टरटेनमेन्टले त्यहाँका प्रमुख सहरहरु न्यू साउथ वेल्स, क्वीन्सल्याण्ड, तास्मानिया, भिक्टोरिया, एडिलेड, पर्थ, डार्विन र क्यानबेरका हलमा रिलिज गर्न लागेको हो ।

अष्ट्रेलिया प्रवद्र्धनका लागि अभिनेता बस्नेत हालै त्यहाँ पुगेका थिए । टेक पौरखी राई निर्देशित यो फिल्म शुक्रबारदेखि नेपालमा रिलिज हुँदैछ । फिल्मलाई बुधबार काठमाडौं प्रिमियर गर्ने तयारी छ ।

सुरज ल्वागन र राज के अधिकारीको लगानीमा निर्माण भएको फिल्ममा केकी र सलोनसहित माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको अभिनय छ । शोभित बस्नेत फिल्मका प्रस्तुतकर्ता हुन् । सलोन सलिना फिल्म्सको ब्यानरमा यो फिल्म निर्माण भएको हो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१