
काठमाडौं । नेपाल जनमत पार्टीका अध्यक्ष डा सीके राउत भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी(भाजपा)को हेडक्वाटरमा पुगेका छन् ।
बुधबार नयाँदिल्लीस्थित दिन दयाल उपाध्याय मार्गमा रहेको मुख्यालयमा पुगेर उनले भाजपाका विदेश मामिला इन्चार्ज विजय चौथाइवालेसँग भेटघाट गरेका हुन् ।
भेटघाटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन छलफल भएको भाजपा विदेश विभागले जनाएको छ । उनीहरूबीच दुई देशमा पार्टी सम्पर्क विस्तार गर्ने विषयमा पनि छलफल भएको भाजपाले ट्विटमार्फत् जनाएको छ ।
भेटमा चौथाइवालले राउतलाई भारतीय विदेशमन्त्री एस जयशंकरद्वारा लिखित ‘मोदी शार्पिङ अ ग्लोबल अर्डर इन फ्लक्स’ पुस्तक उपहार दिएका छन् ।