काठमाडौं । राधिका अधिकारीको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ ।
बिहीबार काव्या आचार्य युट्युब च्यानलमार्फत ‘माइती देशको घाउ’ बोलको गीत सार्वजनिक गरिएको हो । काव्या आचार्य र मिना नेपालीको स्वर रहेको गीतमा देश छोडेर परदेशिएका दुई युवतीले आफ्नो माइती गाउँलाई सम्झिएको परिवेश देखाइएको छ ।
दिपक शर्माले संगीत गरेको गीतमा राजेन्द्र बज्रगाईंले संगीत संयोजन गरेका हुन् । पवन रानाभटले निर्देशन गरेको म्युजिक भिडिओमा गायिका काव्या र मिनालाई देख्न सकिन्छ ।
राज पोखरेलले छायांकन गरेको गीतको भिडिओले टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।