• २०८३ असार १३
  • 2026 June 27, Saturday

‘एक भगवत् गीता’ को ‘मायाको चिनो’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौं । झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’ को गीत सार्वजनिक भएको छ ।

बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘मायाको चिनो’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा अभिनेत्री सुहाना थापा र धिरज मगरलाई देख्न सकिन्छ ।

शंकर अधिकारी घायलको शब्द रहेको गीतमा बाबुल गिरीको संगीत तथा स्वर सुन्न सकिन्छ। गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

सुहाना इन्टरटेनमेन्ट र सुनिलकुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको फिल्ममा विपिन कार्की, सुहाना थापा, धिरज मगर, जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ, कविर खड्का, संजोग रसाइली, अनुराग कुँवार, रामकैलाश ठाकुर, मदन ठाकुर, धिरज ठाकुर, मुकेश झा, सुरेन्दर भण्डारी, गंगा झा, केसब क्षेत्रीलगायत कलाकारको अभिनय छ ।

सञ्जय लामाले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङ सम्पादन गरेका छन् ।

यो फिल्म भदौ २९ गतेदेखि प्रदर्शन हुनेछ ।