• २०८३ जेठ २२
  • 2026 June 05, Friday

आयुष्मान खुरानाको फिल्म ‘ड्रिम गर्ल २’ ले ३ दिनमै उठायो लगानी

काठमाडौं । पछिल्लो समय बलिउड फिल्महरूले कमाइको मामिलामा बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड बनाइरहेका छन् ।

‘पठान, गदर २, रकी ‌‌‌और रानीकी प्रेम कहानी, ओ माइ गड २’ लगायत बलिउड फिल्महरूले घरेलु बक्स अफिसमा तहल्का मच्चाइरहेका छन् ।

यी फिल्मका दबदबाबीच रिलिज भएको आयुष्मान खुरानाको फिल्म ‘ड्रिम गर्ल २’ लाई पनि दर्शकहरूले खुबै रूचाएका छन् । सामाजिक सञ्जालहरूमा यो फिल्मको प्रशंसा भइरहेको छ ।

यति मात्र होइन, यो फिल्म रिलिज भएको ३ दिनमै आफ्नो बजेट उकासिसकेको छ । यो फिल्म ३५ करोड भारूमा बनेको हो ।

हिन्दी फिल्म बजार विश्लेषक तरण आर्दशका अनुसार फिल्मले भारतीय बक्स अफिसमा ३ दिनमा ४० करोड ७१ लाख भारू कमाइ सकेको छ ।

१० करोड ६९ लाखमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन १४ करोड २ लाख र तेस्रो दिन १६ करोड भारू कमाएको हो ।

राज शान्दिल्या लिखित तथा निर्देशित फिल्म ‘ड्रिम गर्ल २’ मा एकता कपूर र शोभा कपूरको लगानी रहेको छ ।

फिल्ममा आयुष्मानसँगै अनन्या पाण्डे, परेश रावल, अनु कपूर, विजय राज, राजपाल यादव, सीमा पहवा, गोवर्धन अस्रानी, अभिषेक बनेर्जी, मन्जोत सिंह, मनोज जोशी, अनुशा मिश्रालगायत कलाकारको अभिनय छ ।

आयुष्मान खुराना र भूमि पेडनेकरको मुख्य भूमिका रहेको फिल्म ुड्रिम गर्लु लाई दर्शकले रूचाएका थिए । यो फिल्म बक्स अफिसमा हिट सावित भएको थियो ।