• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

पाल्पामा स्कार्पियो माथि ढुंगा खस्यो, तीन जनाको ‘निधन’

काठमाडौं । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो पाल्पाको जोर्तेको उकालोमा गुडिरहेका बेला पहिरो (ढुंगा)खसेको छ ।

पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्दा तीन जनाको च्यापिएर निधन भएको जनाइएको छ ।

जीपमा सवार ८ जना मध्य केहीलाई उद्दार गरी पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको छ । उद्दारका लागि नेपाल प्रहरीको टोली त्यसतर्फ गएपनि घटनाबारे विस्तृत विवरण आउन बांकी रहेको पाल्पा प्रहरीले जनाएको छ ।