• २०८३ असार १५
  • 2026 June 29, Monday

नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रिय समिति बैठक भदौ १७ गते बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकता राष्ट्रिय अभियान) ले यहि भदौ १७ र १८ गते केन्द्रिय समितिको पूर्ण बैठक बोलाएको छ । ललितपुरको धोबिघाट चक्रपथस्थित सिद्धार्थ कटेजमा बैठकको उद्घाटन एकता अभियानका अध्यक्ष वामदेव गौतमले गर्ने कार्यक्रम रहेको छ ।

दुई दिनसम्म चल्ने केन्द्रिय समितिको बैठकमा यस अघि अभियानको स्थायी कमिटीले पारित गरेका दस्ताबेजहरुमा गहन छलफल हुने जनाईएको छ ।

एकता अभियानका प्रवक्ता निमकान्त पाण्डेले जनाए अनुसार अभियानको स्थायी कमिटी बैठकले बिभिन्न महत्वपूर्ण निर्णयहरु लिएको छ ।

अत्यन्तै खर्चिलो भैरहेको र जनताबीच ज्यादै अलोकप्रियपनि भैरहेको प्रदेश संरचनाको खारेजी गर्ने, कार्यकारी प्रमुख लगायत स्थानीय तहका सबै प्रमुखहरुको प्रत्यक्ष निर्वाचन गर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली मार्फत संसदको निर्वाचन गर्ने, सांसदहरु मन्त्री बन्न नपाउने लगायतका स्थायी कमिटीबाट पारित निर्णयहरु केन्द्रिय समितिको बैठकमा छलफलका लागि अध्यक्ष वामदेव गौतमले प्रस्तुत गर्ने छन् । बैठकमा अन्य छलफलका विषयहरुमा स्थायी कमिटीबाट पारित राजनीतिक र सांगठनिक प्रतिवेदन निर्माणको तात्कालिक कार्ययोजना सम्बन्धि अवधारणा र कार्यक्रम रहेका छन् ।बैठक भदौ १७ गते बिहान १० बजेदिखि प्रारम्भ हुने जनाईएको छ ।