• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

यस्तो छ झरना थापाको फिल्म ‘एक भगवत् गीता’ को ट्रेलर (भिडिओ)

काठमाडौं । झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’ को ट्रेलर सार्वजनिक भएको छ ।

शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा यौनिक तथा लैंगिक अल्पसंख्यक र मधेश समुदायको कथावस्तुलाई समेटिएको छ ।

फिल्ममा अभिनेता विपीन कार्कीलाई कमलामाईको अवतारमा प्रस्तुत गरिएको छ ।

सुनिलकुमार थापाको लगानी रहेको फिल्ममा विपीन कार्की, सुहाना थापा, धिरज मगर, जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ, कविर खड्का, संजोग रसाइली, अनुराग कुँवार, रामकैलाश ठाकुर, मदन ठाकुर, धिरज ठाकुर, मुकेश झा, सुरेन्दर भण्डारी, गंगा झा, केसब क्षेत्रीलगायत कलाकारको अभिनय छ । फिल्मको कथा निर्देशक थापाले लेखेकी हुन् ।

यो फिल्म भदौ २९ गतेदेखि प्रदर्शन हुनेछ ।