संगीत संयोजक रिदम कंडेलले नयाँ गीत सार्वजनिक गरेका छन् ।
शनिबार रिदम कंडेल युट्युब च्यानलमार्फत ‘तिमी आएपछि’ बोलको गीत सार्वजनिक गरिएको हो ।
सिर्जना पोखरेलको शब्द रहेको गीतमा रिदम कंडेलले संगीत भरेका छन्। गायनमा कंडेललाई सिर्जना पोखरेलले साथ दिएकी छन् ।
एक गीतकार र संगीतकारबीच प्रेम भयो भने जीवन कस्तो हुन्छ भन्ने कथा गीतको भिडिओमा देखाइएको छ ।
यस भिडिओको निर्देशन सिर्जना पोखरेलले गरेकी हुन्। सौरभ लामिछानेले छायांकन गरेको गीतको भिडिओलाई रोशल पौडेलले सम्पादन गरेका छन् ।