• २०८३ जेठ २२
  • 2026 June 05, Friday

गौरी मल्लले ल्याइन् तीज गीत ‘धिन ताका नाका धिन’ (भिडिओ)

काठमाडौं । अभिनेत्री गौरी मल्लले तीज गीत सार्वजनिक गरेकी छन् ।

मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै ‘धिन ताका नाका धिन’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सानै उमेरदेखि गायनमा सौखिन मल्लले दर्जनबढी गीत गाएकी छन् । उनले फिल्म ‘भाइ’ मा अभिनेत्री मेलिना मानन्धरको लागि पार्श्व गायन समेत गरेकी थिइन् । यद्यपि उनले आफ्नो गायन करियरभन्दा अभिनय करियरलाई नै अगाडि बढाएकी थिइन् ।

सार्वजनिक तीज गीतमा शब्द, संगीत र स्वर दिँदै उनी गायनमा फर्किएकी छन् । यस गीत सार्वजनिक गर्दै उनले आफ्नै नामबाट युट्युब च्यानल समेत सञ्चालनमा ल्याएकी छन् ।

सन्तोष राजबाहकले कोरियोग्राफी र निर्देशन गरेको गीतमा गौरीसँगै अभिनेत्री मिथिला शर्मा, समाईरा श्रेष्ठ, तेन्जु योन्जन, निलम पौडेल, सिम्रन शेरचनलाई देख्न सकिन्छ ।

अञ्जु पोखरेल दाहाल म्युजिक भिडिओकी निर्माता हुन् भने सुवास दाहालले निर्माण संयोजन गरेका छन् । उत्सव दाहालले छायांकन गरेको गीतको भिडिओलाई विकास दाहालले सम्पादन गरेका हुन् ।