• २०८३ असार १५
  • 2026 June 29, Monday

तीज पर्वलाई क्रान्तिको रुपमा मनाउँनु पर्छ : उपसभामुख राना मगर

काठमाडौं । उपसभामुख ईन्दिरा राना मगरले तीज पर्वलाई क्रान्तिको दिवसको रुपमा मनाउनु पर्ने बताएकी छिन् ।

सोमबार काठमाडौंमा आयोजित नारी सम्मान, दोस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड एवं दर खाने कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीज पर्वका दिन हिन्दु धर्मले महिलाहरुलाई स्वतन्त्रताको सहुलियत दिएको भन्दै तीजलाई क्रान्तिको दिवसको रुपमा मनाउँनु पर्ने बताइन् ।

उनले भनिन्, ‘तीज पर्वमा क्रान्तिको शब्दलाई जोड्न चाहान्छु । हाम्रो यो पर्वले हिन्दु सनातन धर्मले महिलाहरुलाई त्यो दिन स्वतन्त्रता दिएको छ । आनन्दले नाच्ने मिठो खाने र वर्षभरी बन्धक भएकाहरुले एकदिन माइती गएर स्वतन्त्र रुपमा स्वास फेर्ने सहुलियत हो । यो सहुलियतलाई आज क्रान्तिको दिवसको रुपमा मनाउनुपर्छ ।’

उनले समाजमा हुने विकृती विरुद्ध महिलाका हक हितकाे पक्षमा आफूले आवाज उठाईरहेको बताईन् ।