काठमाडौं । मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी जसपाकी केन्द्रीय सदस्य विन्दुकुमारी यादवको निधन भएको छ ।
पाठेघरको क्यान्सर रोगबाट पीडित ४४ वर्षीया यादवको मंगलबार बिहान सवा ८ बजे प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको अस्पतालले पुष्टि गरेको हो ।
प्रदेश सांसद सञ्जय कुमार यादवका अनुसार उपचारकै क्रममा उनको निधन भएको हो ।
दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित उनी १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियूमा उपचाररत थिइन् ।