• २०८३ असार १५
  • 2026 June 29, Monday

सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिइने, अन्त्येष्टीको दिन सार्वजनिक विदा

काठमाडौं । सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले सुवासलाई राष्ट्रिय सम्मान दिने र उनको अन्त्येष्टीका दिन सार्वजनिक विदा दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए ।

‘मन्त्रीपरिषदको बैठकले सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने र उहाँको अन्त्येष्टीकाे दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ’ उनले भने ।

सोमबार राति निधन भएको उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ । उनका छोराहरु देश बाहिर रहेकाले अन्त्येष्टीको दिन तोकिएको छैन ।