काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले आफूले अभिभाव गुमाएको महशुस गरेको बताएका छन् ।
आज नेकपा एमालेको पार्टी कार्यालयमा नेम्वाङ्प्रति श्रद्धान्जली व्यक्त गर्दै उनले आफूँ पहिलो पटक सांसद भएर संसद छिर्दाको पल स्मरणगर्दै अभिभावक गुमाएको महसुस भएको बताए । उनले भने ‘म पहिलो पटक सांसद भएर जादैँ गर्दा मैले बोल्ने बोली र मैले लगाउँने लूगा पनि राम्रो भएन बद्ल्नु भनेर भन्नु भएको थियो । नयाँ आएका सांसदहरुलाई संसदको मर्यादा सिकाउँनु पर्छ भन्ने सोच भएको व्यक्ति हुनुहुन्थ्यो । अभिभावकत्व गुमाएको महशुस भएको छ ।’
उनले हरेक छलफल र वार्तामा नेम्वाङ हुदाँ त्यसले मूर्तरुप पाउँछ भन्ने विश्वास बढ्ने गरेको भन्दै उनले उहाँ एमालेको मात्रै नभई सबैको साझा नेता हुनुहुन्थ्यो भने । ‘कुनै पनि छलफल, वार्ता र संवादमा सुवास नेम्वाङ् हुनु भनेको टुङ्गिने बाटो तर्फ गएको छ भन्ने हामीलाई लाग्ने गर्दथ्यो । एमाले मात्रै होईन्, माओवादी, नेपाली काङ्ग्रेस सबैले साझा नेताको रुपमा उहाँलाई सम्झिने गर्छ ।’ उनले भने ।
त्यस्तै नेम्वाङको आँट र दृढ संकल्पले नै संविधान निर्माणले पूर्णता पाएको भन्दै नेता थापाले यो संविधानमाथि गर्व गर्ने हरेकले नेम्वाङलाई विर्सन नसक्ने बताए ।
उनले भने ‘२०६२, ६३ को आन्दोलनपछि आवश्यक भएको पात्र सुवास नेम्वाङ् मात्रै हुनुहुन्थ्यो । संविधान निमार्ण गर्ने समयमा पनि दृढ संकल्प बोकेको मानिसको आवश्यकता थियो । जसले यो पटक संविधान बनाउनै पर्ने दबाब थियो । त्यो दबाबलाई थेक्न सक्ने र दृढताका साथ लाग्न सक्ने क्षमता पनि उनमा थियो । त्यस्तो नभएको भए आज नेपालमा संविधान हुने थिएन् । ’ उनले भने ‘कसैले संविधान बन्यो भनेर खुसी मनाउँछ भने त्यसले संविधान निमार्णमा सुवास नेम्वाङका भूमिकालाई पनि याद गर्छ भन्ने लाग्छ ।’