• २०८३ असार १५
  • 2026 June 29, Monday

बिहीबार सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बिहीबार सार्वजनिक विदा दिने भएको छ ।

नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टिका लागि सार्वजनिक विदा दिने निर्णय भएको हो ।

मंगलबार हृदयघातका कारण ७१ वर्षीय नेम्वाङको निधन भएको थियो । उनका दुई भाई छोराहरु नै विदेशमा रहेका र आज अपरान्हमात्रै नेपाल आईपुग्ने भएकाले उनको अन्त्येष्टि बिहीबार गर्न लागिएको हो ।