काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज ४ गतेको लागि सरेको छ ।
बुधबार पार्टी कार्यलयले विज्ञप्ती सार्वजनिक गर्दै असोज २ गते बस्ने भनिएको उक्त बैठक असोज ४ गते दिउँसो १ः०० बजे बस्ने गरी सारेको जानकारी दिएको हो ।
विज्ञप्तीमा लेखीएको छ ,‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८० असोज २ गते पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८० असोज ४ गते दिउँसो १ः०० बजे बस्ने भएको छ ।’
बैठकमा पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध पनि गरिएको छ ।