• २०८३ असार १५
  • 2026 June 29, Monday

राप्रपाले एक थोपा रगत नबगाई सिंहदरबार घेरेर आफ्नो मान्यता स्थापित गर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एक थोपा रगत पनि नबगाई सिंहदरबार घेरेर आफ्नो मान्यता स्थापित गर्ने चेतावनी दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित उपत्यका केन्द्रीत विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपाले हिंसालाई प्रोत्साहन गर्न खोजिरहेको छ भन्ने आरोप गलत भएको दाबी गर्दै एक थोपा रगत पनि नबगाई सिंहदरबार घेरेर आफ्नो मान्यता स्थापित गर्ने बाटोमा लागेको बताए ।

उनले भने,‘राप्रपाले कहिले काँहि हिंसालाई प्रोत्साहन गर्न खोजिरहेको छ भन्छन् । कहिले सरकारमा बसेका व्यक्तिहरुले व्यक्तिगत रुपमा भेटेको बेला पनि भन्छन् । राप्रपा हिंसामा विश्वास गर्दैन् । शान्तिपूर्ण दबाबबाट आफ्नो मान्यताहरु स्थापित गर्न सक्छ । एक थोपा रगत पनि नबगाई यो सिंहदरबारलाई घेरेर आफ्नो मान्यता स्थापित गर्न सक्छौं त्यो बाटोमा छ ।’

उनले धार्मिक द्वन्द्व निम्त्याउनका लागि मात्रै मुलुकलाई धर्म धर्म निरपेक्ष घोषणा गरिएको आरोप लगाए ।