• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

६० किलो सुन समाएपछि भागेका चिनियाँ भारतीय प्रहरीको हिरासतमा

काठमाडौं । ६० किलो सुन प्रकरणमा एक जना प्रमुख व्यक्ति भारतीय प्रहरीको हिरासतमा रहेको खुलेको छ।

साउन २ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक शु राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। जसभित्र ६० किलो ७ सय १६ ग्राम सुन भेटिएको थियो।

सुन बरामद भएपछि नेपालबाट भारत भागेका चिनियाँ नागरिक आसिन भनिने पेङ योङसिनलाई भारतीय प्रहरीले पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले बतायो।

उनी सुन तस्करीका प्रमुख व्यक्ति मध्येका पर्छन्। उनलाई भारतको सशस्त्र सीमा बल ९एसएसबी०ले साउन ३ गते पश्चिम बंगाल सिलिगुढीबाट पक्राउ गरेको थियो।

उनलाई एसएसबीले पक्राउ गरी खरिबारी प्रहरीलाई बुझाएको इन्डिया टुडेले जनाएको छ।