• २०८३ असार १५
  • 2026 June 29, Monday

बाल अधिकार सुनिश्चितताका लागि सबै तवरले काम गर्न आवश्यक छ : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले बालबालिकाको हक अधिकार सुनिश्चितताका लागि धेरै काम गर्न आवश्यक भएको बताएकी छन् ।

महानगरपालिकाद्वारा आयोजित बाल दिवस विशेष कार्यक्रममा उनले यसका लागि सरकारी र संघ संस्थाले उत्तिकै जिम्मेवार भएर काम गर्नु पर्ने बताइन् ।

‘बाल दिवसको कुरा गरिरहँदा बालबालिकाको हक अधिकारको कुराहरु गर्छौ’ उपप्रमुख डंगोलले भनिन्, ‘बालबालिकाले आनन्दले बस्न र बाच्न पाउने अधिकार सुनिश्चित गर्ने, गाँस, बास कपास र शिक्षालगायत अधिकारहरुको सुनिश्चित गर्नुपर्छ । यसका लागि सरकारी र संघ संस्थाको तरवरबाट काम गर्नु पर्छ ।’

इतिहासलाई खोतल्दै जाने हो भने बाल अधिकारका लागि धेरै अघिदेखि संघर्ष गर्दै आएको उनको भनाई छ ।

उनले बालबालिकाहरुले पनि अधिकार र कर्तव्यलाई सँगसँगै लानुु पर्ने बताइन् ।