• २०८३ असार १५
  • 2026 June 29, Monday

हामीले परिवारका सदस्यलाई पार्टीको जिम्मेवारीमा नरहने व्यवस्था गरेका छौँ : रवि लामिछाने

रोल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले नातावादलाई नअँगालेको बताएका छन् ।

पार्टीको दस्तावेजका लागि सुझाव संकलन गर्न रोल्पाको थवाङ पुगेका सभापति लामिछानेले अरू पार्टीमा परिवारका सदस्य सबै पार्टीमा जिम्मेवारीपूर्वक रहेपनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको जिम्मेवारीमा नरहने व्यवस्था गरेका बताउका हुन् ।

उनले भने् ‘अरू पार्टीमा परिवारका सदस्य सबै पार्टीमा हुन्छन् । जिम्मेवारीमा हुन्छन् । हामीले परिवारका सदस्यलाई पार्टीको जिम्मेवारीमा नरहने व्यवस्था गरेका छौं ।’

लामिछानेले रास्वपालाई परम्परागत राजनीतिक शक्तिलाई झैं हेर्न थालिएको बताए । रास्वपा अरू पार्टीभन्दा फरक भएको उनको भनाइ छ ।