• २०८३ जेठ २२
  • 2026 June 05, Friday

क्यानको सचिवमा पारस खड्का विजयी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि भएको सचिव पदको निर्वाचनमा विजयी भएका छन् ।

अध्यक्षसहित ३ पदाधिकारी र तीन केन्द्रीय सदस्य सर्वसम्मत चयन हुँदा सचिव र १० केन्द्रीय सदस्यको निर्वाचन भएको थियो ।

कुल ८५ मतदाता रहेकामा पारसले ४८ मत पाउँदा प्रशान्तले ३७ मत पाएका छन् ।

पारस अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट उठेका हुन् भने प्रशान्तले ‘स्वतन्त्र’ उम्मेदवारी दिएका हुन् ।

आज भएको निर्वाचन पक्रियाबाट चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका  छन्। चन्द यसअघि पनि अध्यक्ष थिए ।

क्यानको उपाध्यक्षमा रोशनबहादुर सिंह पनि निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि कोषाध्यक्ष थिए ।

यस्तै, कोषाध्यक्षमा पनि पदमबहादुर खड्का निर्विरोध चन भएका छन् । खड्का पहिलो पटक क्यान कार्यसमितिमा परेका हुन् ।