• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा फार्मेसीभन्दा फार्मासिस्टहरूको सङ्ख्या कम हुनु दुर्भाग्य भएको बताएका छन् ।

सोमबार काठमाडौंमा फार्मासिस्ट दिवसको उपलक्ष्यमा आयोजित शुभकामना तथा सम्मान कार्यक्रममा उनले फार्मासिस्ट भनेर फार्मेसीमा नाम झुन्ड्याउने नपढेको मानिसले फार्मेसी चलाउने समस्या रहेको बताएका हुन् ।

उनले भने, ‘फार्मेसीभन्दा फार्मासिस्टहरूको सङ्ख्या कम हुनु हाम्रो लागि अर्को दुर्भाग्य हो । हामीले हेर्दा जसको नामबाट फार्मासिस्ट भनेर फार्मेसीमा झुण्ड्याएको छ । त्यो फार्मासिस्टले त्यो पसलको अनुहार नै जिन्दगी भर नहेरेको पनि फेला पर्याे ।’

उनले देशको विकासको लागि काम गर्ने अठोट लिएको भन्दै आफूलाई काम गर्न कुनै पद जाला भन्ने डर नरहेको दाबी गरे । उनले भने, ‘गर्नुपर्छ भन्ने अठोट मसँग छ, काम गर्ने कुरामा कसैले के भन्ला, मन्त्री जाला, अप्ठ्यारो पर्ला, मुद्दा मामिला होला भन्ने मलाई मतलव छैन ।’