
काठमाडौं । अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता रेखा थापा आमा बन्न लागेकी छन् । उनले पहिलो सन्तान जन्माउन लागेको बताइन् ।
गत वर्ष बलराम शाहीसँग विवाह गरेकी उनी आगामी फागुन–चैतमा सन्तान जन्माउन लागेकी हुन् ।
अहिले रेखाको गर्भमा चार महिनाको शिशु हुर्किरहेको छ । उनी गर्भवती भएपनि फिल्म ‘उपहार’ मा अभिनय गरेकि छन् । जसको सुटिङ्ग चलिरहेको छ ।
रेखाले सोमबार फेसबुकमा श्रीमानसँगको एक तस्वीर सेयर गर्दै ‘भविष्य पनि गज्जबको उपहार हो, जो आउँदा नआउँदै हामीलाई किस्ता किस्तामा पठाइदिन्छ,’ लेखेकी छन् ।