• २०८३ असार १५
  • 2026 June 29, Monday

एमालेको बागमती प्रदेश अधिवेशन चुनावी प्रकृया आजदेखि सुरु

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन को चुनावी प्रकृया आजदेखि सुरु हुँदै छ ।

अधिवेशन अन्तर्गत आजका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको तालिका अनुसार निर्वाचन समितिले आज देखि निर्वाचन कार्यक्रम सुरु गर्नेछ ।

तालिकाअनुसार बिहान ९ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ भने ९ देखि ११ बजेसम्म उम्मेदवारी मनोनयन गरिनेछ । अपराह्न ४ बजे उम्मेदवारी फिर्ता लिने समय छुट्याएको निर्वाचन समितिले अपराह्न ५ बजे मात्रै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ ।

विद्युतीय मतदानबाट नेतृत्व चयन गर्न लागेको बागमती एमालेले भोलि बिहान ११ बजेबाट पार्टी कार्यालय च्यासलमा मतदान हुने छ । अधिवेशनमा ११ सय ७४ मतदाता रहेका छन् ।