
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसीको टी–२० अलराउण्डरमा तेह्रो स्थानमा उक्लिएका छन् ।
उनी मंगोलियासँगको खेलमा ब्याटिङ्गतर्फ उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ९ बलमै अर्धशतक प्रहार गरि सबैभन्दा थोरै बलमा ५० रन बनाउने क्रिकेटरमा विश्व रेकर्ड कायम गरे भने बलिङतर्फ २ ओभर गर्दा २ रन दिएर १ विकेट लिए । यस खेलमा गरेको प्रदर्शनको आधारमा उनी तेह्रो स्थानको वरीयतामा परेका छन् ।
दीपेन्द्रको यसअघिका एकदीवशिय खेलमा प्रर्दशन गतिलो नभएपनि टी–२० राम्रो प्रर्दशन गरेका छन् । उनको फिल्डिङको पनि उतिकै चर्चा हुने गर्छ । अलराउन्डर ऐरी एक वर्षअघिमात्र आइसिसीको अलराउन्डर वरीयताको नवौं स्थानको वरीयतामा परेका थिए ।
आइसिसिको अलराउण्डर सूचिको पहिलो स्थानमा साकिब अल हसन छन् । दीपेन्द्रले ग्लेन म्याक्सवेल, रासिद खानलाई पछि पारेका छन् । उनी ब्याटिङतर्फ ६० औं स्थानमा छन् ।