एसियन गेम्समा नेपाली क्रिकेट टोली क्वाटरफाइनलमा प्रवेश, भिड्ने टोलीको भोलि टुङ्गो लाग्ने

काठमाडौं । एसियन गेम्स (एसियाड) चीनमा जारी छ । विभिन्न खेलमा नेपालको उपस्थिति कमजोर देखिएपनि क्रिकेटमा नेपालले मेडल ल्याउँछ कि भन्ने आश छ । नेपालले मंगोलिया र माल्दिभ्सलाई सहज रुपमा जितेको छ । अब नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नेपाल चीनमा जारी १९ औं एसियाडमा आइतबार भएको माल्दिभ्ससँगको विजयी खेलसँगै समूह ए को विजेता बन्दै क्वाटरफाइलमा पुगेको हो । नेपालले आइतबार बिहान माल्दिभ्सलाई १ सय ३८ रनले हरायो । पहिलो खेलमा नेपालले मंगोलियालाई २ सय ७३ रनले हराएको थियो ।

समूह बी बाट हङकङ र समूह सी बाट मलेसिया क्वाटरफाइनलमा आउने पक्कापक्की छ । औपचारिकता मात्रै बाँकी देखिन्छ ।

समूह चरणबाट क्वाटरफाइनलमा चार टोली जानेछन् । जसमा अफगानिस्तान, नेपालसहित चार टोली जानेछन् । बाँकी दुई टोलीमा हङकङ र मलेसिया क्वाटरफाइनलमा स्थान बनाउन औपचारितकता बाँकी छ ।

समूह चरणबाट जाने चार टोली क्वाटरफाइनलमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका मध्य एकसँग खेल्नुपर्ने हुन्छ । अर्थात नेपालले क्वाटरफाइनलमा बंगलादेश, श्रीलंका, भारत र पाकिस्तान मध्ये एक टोलीसँग खेल्नेछ ।

कोसँग खेल्ने सोमबार मात्रै टुङ्गो लाग्नेछ । क्वाटरफाइनलको टुङ्गो ड्रबाट सार्वजनिक हुनेछ । भारत र पाकिस्तान पर्ने टोलीले क्वाटरफाइनलमा मंगलबार खेल्नेछन् । श्रीलंका र बंगलादेशसँग पर्ने टोलीले बुधबार क्वाटरफाइनल खेल्नेछन् । सेमिफाइनलका दुबै खेल शुक्रबार हुनेछन् । फाइनल र कास्य पदका लागि शनिबार प्रतिस्पर्धा हुनेछ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७