राष्ट्रसंघ र चीनको भ्रमणमा फलदायी र सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्तरी छिमेकी चीन र संयुक्त राष्ट्रसंघको भ्रमण सफल र फलदायी भएको बताएका छन् ।

आइतबार बसेको संसद बैठकलाई आफ्नो भ्रमणबारे जानकारी गराउँदै उनले दुवैतर्फको आफ्नो भ्रमण सफल भएको दाबी गरे ।

संयुक्त राष्ट्रसंघको महासभामा आफुले देखिने गरी र सुनिने गरी नेपालकोतर्फबाट आवाज उठाएको उनको भनाई छ ।

‘संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीस्तरमा भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुयाउन संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सद्भाव हासिल गर्ने, नेपालमा द्वन्द्वबाट शान्तितर्फ रुपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दीगो विकासका लक्ष्यहरूको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरू बारे नेपाल लगायत अति कम विकसित मुलुकहरूका चुनौति र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यसपटक देखिने गरी प्रस्तुत गर्न सफलता मिलेको छ ।’ उनले भनेका छन् ।

त्यस्तै उनले चीन भ्रमणका क्रममा आफूले एक चीन नीतिप्रति प्रतिवद्धता दोहोर्याएको बताए । दाहालले चीनसँग कृषि, सडक र बिजुलीसहित कयौँ विकासका काममा मिलेर अघि बढ्न समझदारी भएको पनि बताएका छन्।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७