पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता भईसकेको प्रधानमन्त्री प्रचण्डद्वारा संसदलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले निर्देशन लिए अनुसार नेपाल आयल निगमले मूल्य वृद्धिको निर्णय फिर्ता लिएको सदनलाई जानकारी गराएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले चाडबाड र उपभोक्ताको हितलाई ध्यानमा राखी तत्काल मुल्य फिर्ता लिन आफूले निर्देशन गरे बमोजिम पुरानै मूल्य कायम गरेका जानकारी गराएका हुन् ।

उनले भने,‘ हिजो देखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा गरेको वृद्धि आसन्न चाडबाड र उपभोक्ताको हितलाई पनि ध्यान राखी तत्काल फिर्ता लिन मैले निर्देशन गरे बमोजिम नेपाल आयल निगमले सो मूल्य वृद्धिको निर्णय फिर्ता लिई पुरानै मूल्य कायम गरेको छ ।’

उनले बाहिर भ्रमणबाट प्रधानमन्त्री आउँदै गर्दा मूल्य वृद्धि भयो भन्ने कुरा उठेको भन्दै उक्त विषय आफ्नो जानकारीमा नभएको बताए ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७