शान्ति प्रक्रिया ठोस निष्कर्षमा पुर्याउन अन्तराष्ट्रिय सहयोगका लागि आग्रह गरेको छु : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, ७८ औं महासभामा नेपालको शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा पुर्याउन आवश्यक सहयोगका लागि विश्व समुदायसँग आग्रह गरेको बताएका छन् ।

शनिबार स्वदेश फर्किएका दाहालले आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा आफूले नेपालको शान्ति प्रक्रियालाई टुङ्ग्याउन आवश्यक सहयोगका लागि आग्रह गरेको बताए ।

त्यस्तै सो अवसरमा उनले जलवायु परिवर्तनले नेपाल जस्ता हिमाली र अल्पविकसित राष्ट्रमा पारेको असर र त्यसको न्यूनिकरणका लागि विश्व समुदायको गम्भीर ध्यानाकर्षण गराएको जानकारी सदनलाई गराए ।

‘मैले प्रमुख रुपमा शान्ती प्रकृया र त्यसलाई ठोस निष्कर्षमा पुर्याउन अन्तराष्ट्रिय समुदायको सहयोग, जलवायु परिवर्तन तथा यसले गर्दा नेपाल लगायत अल्पविकसित देशहरुमा पारेको प्रभाव र त्यसका निराकरणका उपाएहरु, हिमाली राष्ट्रक समस्या, लिगो विकासका लक्ष्यहरु प्राप्तिमा अल्पविकसित राष्ट्रका समस्या प्रस्तुत गर्दै ती समस्या समाधानमा साधनस्रोतको व्यवस्थाका लागि विश्व समुदायको गम्भीर ध्यानाकर्षण गराएको छु ।’ उनले भने ।

दाहालले आफ्नो दुबै भ्रमण सफल भएको समेत दाबी गरेका छन् ।

 

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७