एमाले कोशी चुनाव : मतगणना आजै गरिने

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि रातभर भएको मतदान पछि मतगणना आजै गरिने भएको छ ।

आइतबार राति १० बजे सुरु भएको मतदान सोमबार बिहान ५ बजे सकिएको हो । रातभर भएको मतदानमा ९९७ प्रतिनिधि मध्ये ९७७ जनाले मतदान गरेका छन् ।

मतदान प्रक्रियामा २० जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशनले २१५ सदस्यीय कमिटी चयन गर्नेछ । उपाध्यक्षमा टीकाराम चेम्जोङसहित ४९ सदस्य भने निर्विरोध भएका छन् ।

अध्यक्षसहित १६६ जना छनोटका लागि निर्वाचन भएको हो । कोशीमा अध्यक्षका लागि मोरङ लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल प्रतिस्पर्धामा छन् ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७