
काठमाडौं । मेयरदेखि सांसदसम्मले आफ्ना परिवार, आफन्त र नातागोतालाई मात्रै स्वकीय सचीव बनाएको भन्दै आलोचना बढिरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आवेदन खुलाउन थालेको छ ।
रास्वपा संघीय सांसद अशोक कुमार चौधरीले स्वकीय सचिवको भ्याकेन्सी खुलाएकी छन् । यसअघि रास्वपाकी सांसद निशा डाँगीले स्वकीय सचिवको आवेदन खुलाएकी थिईन । जसअनुसार दरखास्त दिनेमध्येबाट पर्वतकी सुस्मिता क्षेत्रीलाई छनौट गरेकी थिईन ।
यता सांसद चौधरीले पनि स्वकीय सचिवको लागि आवेदन खुलाएका हुन् । उनले कानून र राजनीतिशास्त्रमा स्नातक गरेको, समसामयिक कुरामा जानकारदेखि अंग्रेजी भाषाको दख्खल भएकोजस्ता शर्त राख्दै स्वकीय खोजेका छन् । असोज १४ गते आव्हान गरिएको विज्ञापनअनुसार सात दिनभित्र प्रस्ताव पेशको समय सीमा तोकिएको छ ।