ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ

काठमाडौं । ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परेका छन् ।

प्रहरी वृत्त बौद्धका अनुसार उनी ‘प्रसाद २’ फिल्मको विवादका कारण पक्राउ परेका हुन् । ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेतको उजुरीपछि प्रहरीले अग्रवाललाई पक्राउ गरेको हो।

अग्रवाललाई शुक्रबार सिंहदरबार वृत्तले पक्राउ गरेर अनुसन्धानका लागि बौद्ध प्रहरीलाई बुझाएको हो ।

अग्रवालले सञ्चालन गरेको युट्युब च्यानल ओएसआर डिजिटलले ‘प्रसाद २’ को डिजिटल राइटसमेत लिएको थियो ।

उनलाई म्याद थपका लागि आइतबार जिल्ला अदालतमा उपस्थित गराइँदैछ। अहिले अग्रवाल बौद्ध प्रहरीको हिरासतमा छन् ।

फिल्मको विवाद के हो भन्नेबारे प्रहरीले खुलाएको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७