चीनको सिसापाङ्मा हिमालमा गएको हिमपहिरोमा परेर नेपालका विश्वकीर्तिमानी आरोही तेन्जेन लामा बेपत्ता भएका छन्।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार तिब्बतमा पर्ने सिसापाङ्मा हिमालमा शनिबार दिउँसो ७ हजार ६ सय मिटरमाथि गएको हिमपहिरोमा एक नेपाली र एक अमेरिकी आरोहीको मृत्यु भएको छ।
तेन्जेनसँगै एक जना अमेरिकी आरोही पनि बेपत्ता भएकी छन्।
सेभेन समिट कम्पनीका अनुसार सिसापाङ्मा हिमाल आरोहण गर्न तेन्जेन लामा र एलिट एक्स्पेडिसनका मिङ्मार शेर्पासँगै अमेरिकी दुई जना महिला आरोही अन्ना गुटु र जिना मारी गएका थिए।
सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाले हिमपहिरोमा फसेर चार जना आरोही बेपत्ता भएको पुष्टि गरे।
आरोहणमा संलग्न गाइडहरूसँग स्याटालाइट फोनबाट कुराकानी भएको उल्लेख गर्दै शेर्पाले भने, ‘सबै कुरा त थाहा छैन। तर स्याटालाइट फोनबाट आएको खबरअनुसार हिजो दिउँसोतिर हिमपहिरो गएको रैछ। दुई जनाको शव भटिएको भन्ने छ र बाँकी दुई जनाको खोजी कार्य भइरहेको छ।’