इजरायलकाे बंकरबाट विपिनकाे चित्कार: साथीहरूलाई जस्तै हामीलाई पनि बर्बरतापूर्वक मारियाे भने…? (भिडिओसहित)

काठमाडाैं । सुदूर पश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायबाट इजरायल पुगेका विपिन सुबेदीले भिडियो सन्देश पठाउँदै उद्धारको अपिल गरेका छन् ।

आफू लगायत चार ५ जना ३ दिन देखि बङ्करमा रहेको भन्दै उद्धारको अपिल गरेका हुन् ।

‘तीन दिन देखि यहाँ छौँ । ५ जना छौँ । एम्बेसीले उद्धार गर्छ कि भनेर हामी लुगा लगाएर बसेका छौँ ।’ उ

१० जनाको ज्यान गइसकेको भन्दै आफूहरू पनि असुरक्षित रहेको उनी बताउँछन् ।

‘१० जना साथी गुमाइसकेका छौँ हामी पनि गुम्छौ कि भन्ने डर छ । १० जना साथीहरूले गरेको हार गुहार हामीलाई याद आउँछ’ उनी भन्छन्, ‘यहाँ आएर हाम्रो साथीहरूलाई जस्तै हामीलाई पनि बर्बरता पूर्वक मारो भने हामी पनि त्यसै गरि मर्ने ?’

हेर्नुहाेस् भिडिओ :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१