• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

एसीसी यू–१९ प्रिमियर कपमा देव खनालको सानदार शतक

काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले पहिले ब्याटिङ गरेको छ । इरानसँगको पहिलो खेलमा सुरुवाति ब्याटिङ लाइन कमजोर भएपनि दीपक बोहोरा र कप्तान देव खनालले खेललाई सम्हालिरहेका छन् ।

नेपालका अर्जुन कुमाल गोल्डेन डक आउट भए भने आकाश त्रिपाठी ३ रन बनाएर आउट भए । त्यसपछि आएका दीपक बोहोरा देव खनालले ईनिङ्गलाई सम्हालेका थिए । कप्तान खनालले सानदार सतक प्रहार गरे भने बोहोराले अर्धशतक प्रहार गरे । खनालले ५८ बलमा सय रन पूरा गरि क्याच आउट भएका छन् । बोहोरा ५३ बलमा ६३ रन बनाई खेलिरहेका छन् ।

ताजा अवस्थामा नेपालले २० ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै १ सय ७६ रन बनाईखेलिरहेको छ ।
आगामी डिसेम्बरमा हुने यू–१९ एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपालले पहिलो खेलमा तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी पाएको हो ।

नेपालले समूह चरणमा इरानसँगै बहराइन र साउदी अरेबियासँग खेल्नेछ ।

१६ टोली सहभागि एसीसी यू–१९ प्रिमियर कपबाट शीर्ष तीन टोली मात्र यू१९ एसिया कपमा छनोट हुनेछन् । जहाँ एसियाका टेष्ट खेल्ने पाँच राष्ट्रको यू–१९ टोलीले सीधै स्थान पक्का गरिसकेका छन् ।

हरेक समूहको विजेता सेमिफाइनल पुग्ने भएकोले नेपालको पहिलो लक्ष्य समूहको तीनवटै खेल जितेर सेमिफाइनल पुग्ने र त्यसपछि फाइनल जित्दै च्याम्पियन भएर यू१९ एसिया कपमा पुग्ने छ ।

त्यसका लागि नेपालले अन्य समूहमा रहेका युएई, हङकङ, मलेसिया, सिंगापुर जस्ता टिमसँग खेल्नुपर्ने हुन सक्छ ।
नेपालले दोस्रो खेल बहराइनसँग १५ अक्टोबर र तेस्रो खेल साउदीसँग १९ अक्टोबरमा खेल्नेछ ।