• २०८३ असार १८
  • 2026 July 02, Thursday

मनाङ एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं । मनाङ एयरको हेलिकप्टर शनिबार बिहान करिब सवा सात बजे सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ।

हेलिकप्टरमा पाइलट प्रकाश सेढाइँ एक्लै थिए।

मनाङ एयर स्रोतका अनुसार हेलिकप्टर लुम्लाबाट नाम्चेबजारतर्फ जाँदै थियो।

दुर्घटनामा पाइलटको अवस्थाबारे औपचारिक रुपमा जानकारी आइनसकेको मनाङ एयर स्रोतले बताएको छ।