राष्ट्रसंघका महासचिव गुटेरेस कार्तिक १२ मा नेपाल आउने

काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेस कार्तिक १२ गते नेपाल भ्रमणमा आउने भएका छन् । यसअघि असोज २५ गतेका लागि निर्धारित भएको भ्रमण इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासले आक्रमण गरेपछि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

गत हप्ता स्थगित भ्रमण कार्तिक १२ मा तय भएको परराष्ट्र स्रोतले जनाएको छ । उनले नेपालको प्रतिनिधि सभामा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ । भने लुम्बिनीको पनि भ्रमण गर्ने तयारी भएको छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७