लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ

विराटनगर । प्रहरीले लागूऔषध ब्राउन सुगर ओसारपसार गर्ने समूहका दुईजनालाई पक्राउ गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ बाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सुनसरीको इनरुवा नगरपालिका–६ का ४५ वर्षीय सलिम मियाँ र भारत सुपौलका ४८ वर्षी प्रमोद गुप्तालाई पक्राउ गरेको हो ।

को २८ प ४९६८ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरुलाई चौदण्डीगढी नगरपालिका–६ भिमा भन्ने स्थानमा जाँच गर्ने क्रममा उनीहरुको साथबाट ८१ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१