• २०८३ असार १८
  • 2026 July 02, Thursday

भोलि सिंहदरबार वरपरका क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भोलि १८ गते शनिबार काठमाडौं का विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको छ ।

प्राधिकरणले स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी प्रशारण लाइन मर्मत गर्नुपर्ने भएकोले सिंहदरबारस्थित के ३ सबस्टेसनबाट आपूर्ति हुने सिंहदरबार परिसरका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल, रातोपुल क्षेत्रमा भोलि बिहान विद्युत् आपूर्ति प्रभावित हुने जानकारी दिएको छ ।

बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले सूचना जारी गर्दै जानकारी दिएको हो ।