
काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई भारत सरकारले राहत पठाएको छ ।
भारतले कम्बल, ब्ल्याङकेट र औषधि गरि ११ टनभन्दा बढी साम्रगी सहयोग गरेको भारतीय राजदूत नविन श्रीवास्तवले बताएका छन् ।
राहत सामग्री बोकेर आएको भारतीय वायुसेनाको विमान आइतबार दिउँसो नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भूकम्पपीडितलाई भारत सरकारले सक्दो सहयोग गर्ने बताएका थिए ।
भूकम्पबाट जाजरकोट र रूकुम पश्चिमसहित पश्चिम नेपालका जिल्ला प्रभावित भएका छन् ।
हालसम्म १५७ जनाको मृत्यु भएको छ भने २ सय जनाभन्दा धेरै घाइते छन् । करौडौंको भौतिक क्षति भएको छ ।