• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

युट्युबर मनोज मानव पक्राउ

काठमाडौं । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो पक्राउ परेका छन् । ‘स्टार अनलाइन टीभी’ नामक युट्युब च्यानल सञ्चालन गरेका उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले बुधबार (हिजो) साँझ पक्राउ गरेको हो।

विभिन्न व्यक्तिको चरित्र हत्या गर्ने खालका सामग्री सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै प्रहरीले पक्राउ गरे । उनीमाथि थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।

उनलाई कसको उजुरीका आधारमा पक्राउ गरिएको भन्नेबारे भने ब्युरोले खुलाएको छैन ।

केही दिनअघि पूर्वएआईजी रणबहादुर चन्द र आफूलाई सामाजिक अभियन्ता बताउने तारा बराल बसेको एक रेस्टुरेन्टको कोठामा मनोज प्रवेश गरेका थिए । त्यसपछि उनले एमाले नेता महेश बस्नेतसँग एक युवती जोडेर फेसबुकमा फोटो पोेस्ट गरेका थिए ।