स्रोत नखुलेको भारतीय रकमसहित पक्राउ

विराटनगर । प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँसहित झापाबाट एकजनालाई पक्राउ गरेको छ । स्रोत नखुलेको ३ लाख भारतीय रुपैयाँभन्दा बढी बोकेर नाकाबाट आउँदै गरेको अवस्थामा भारतीय नागरिक जैनुल हक पक्राउ गरेका हुन् ।

झापाको मेचीनगर नगरपालिका–६ बाट भारतीय नागरिकलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व बिशेष सुरक्षा योजनाअनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगरस्थित भन्सार गेटमा ६२ बर्षीय भारतीय नागरिक जैनुल हकलाई पक्राउ गरेको हो ।

नाकामा जाँच गर्ने क्रममा उनको साथमा भारतीय ५ सय रुपैयाँको नोट ५ सय थान, २ सयको नोट २ सय थान र १ सयको नोट ३ सय थान गरी जम्मा ३ लाख २० हजार रुपैयाँ फेला परेको थियो ।

उनले बोकेको रकमको स्रोत नखुलेको प्रहरीले जनाएको छ । रकमसहित आवश्यक कारवाहिको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले उल्लेख गरेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१