अभिनेत्री दिपाशा बिसी को मृत्यु

काठमाडौं । अभिनेत्री दिपाशा बिसीको निधन भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएकी उनको बिहीवार उपचारकै क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि २८ वर्षीया अभिनेत्री बिसीलाई बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

तर, बिहीवार दिउँसो अस्पतालले उनलाई मृत घोषणा गरेको हो । २०६८ सालमा फिल्म ‘दुलही रानी’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी उनले बिरानो माया, चाल र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनी ‘जलपरी’ नामलेसमेत मोडलिङ र फिल्ममा परिचित थिइन् ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७