गाडीको ठक्करले पैदयात्रीको मृत्यु

विराटनगर । झापाको चारपानेमा सवारी साधनको ठक्करले शुक्रबार एक पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको चारपानेमा प्रदेश ०१–०–००१ ज ३७६० नम्बरको विद्युतीय गाडीले ठक्कर दिंदा पैदलयात्री बिर्तामोड–२ का ५५ वर्षीय गंगाप्रसाद राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।

ठक्कर दिने गाडीसहित चालकलाई इलाका प्रहरी अनारमनीले नियन्त्रणमा लिएको छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७