अमेरिका र चीन उच्च तहमा वार्ताः पृथ्वीमा दुईवटा सुपरपावर मात्र रहन सक्ने

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिंगले बुधवार राती अमेरिकाको क्यालिफोर्नियामा भेटवार्ता गरेका छन् । यो भेट सानफ्रान्सिस्कोमा जारी एशिया–प्यासिफिक इकोनोमिक को–अपरेशन (एपेक) समिटको सन्दर्भमा भएको हो । यो अवसरमा दुइ देशका वीच फेरि मिलिट्री कम्युनिकेशन शुरू गर्ने बिषयमा सहमति भएको छ ।

अमेरिका र चीनको द्विपक्षीय बैठकका अवसरमा सी जिनपिंगले भनेका थिए, ‘अमेरिका ताइवानलाई हतियार दिन छोडोस् । उसले एक चीन नीतिको समर्थन गर्नुपर्छ जसलाई पन्छाउन सम्भव छैन ।’ चीनको सरकारी न्यूज एजेन्सी सिन्ह्वाका अनुसार, राष्ट्रपति सीको भनाई थियो, ‘चीन अमेरिकालाई पछि पार्न या उसको स्थान लिन चाहँदैन तर अमेरिका पनि चीनलाई तनाव दिन बन्द गरोस् ।’

चिनियाँ विदेश मन्त्रालयका अनुसार, सीले भने, ‘चीनको एक्सपोर्टमा नियन्त्रण, लगानीको परीक्षण र एकतर्फि प्रतिवन्धले चीनको स्वार्थमा हानी पुर्याईरहेको छ । चीनको विज्ञान र प्रविधिलाई दवाएर उसको बिकास यात्रामा अवरोध पुर्याउने काम भैरहेको छ ।’

न्यूयोर्क टाइम्सले लेखेको छ, चिनियाँ राष्ट्रपति सीले स्पष्टसँग भने, यो धर्ती यति धेरै विशाल छ कि यहाँ दुइवटा सुपरपावर मात्र रहन सक्छन् । हाम्रो देश विल्कुल फरक छ तर हामी अझ माथि उठ्न सक्छौं । चीन र अमेरिका जस्ता दुइ ठूला देशका लागि एक अर्काको अहित चाहनु कुनैपनि कुराको विकल्प हुनसक्दैन । दुइ देशवीचको संघर्ष र टकरावको परिणाम खतरनाक हुन सक्ने छ ।’

द्विपक्षीय बैठक भन्दा अघि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकन र चिनियाँ विदेश मन्त्री वांग यी पनि सहभागी थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भने, ‘कम्यूनिस्ट देशहरु नै तानाशाही सञ्चालन गर्दछन् । सी जिनपिङ एक यस्ता तानाशाह हुन् जो कम्युनिस्ट देश चलाईरहेका छन् । चीनको सरकार हाम्रो सरकार भन्दा बिल्कुल अलग छ ।’

पत्रकार सम्मेलनका अवसरमा बाइडेनले भनेका थिए, ‘ चिनियाँ राष्ट्रपति सी जिनपिङसँग मेरो धेरै राम्रो कुराकानी भयो । परस्पर चासोका बिषयमा गम्भीर र सकारात्मक छलफल भए । मैले ताइवान मुद्धाका बारेमा आफ्नो धारणा स्पष्ट भनिदिएँ । हामी एक चीन नीतिको समर्थन गर्छौं र कहिल्यै फेरबदल गर्ने छैनौं ।’

यसअघि बाइडेनले सीसँग कुराकानी गर्दा भनेका थिए, ‘म हामीवीचको बातचीतलाई महत्व दिन्छु, किनभने मलाई लाग्छ कि हामी एकअर्कालाई प्रष्टसँग बुझौं । यहाँ एक नेता अर्को नेतासँग कुराकानी गरिरहेको छ । हाम्रावीच कुनै अन्यौल र भ्रम नरहोस् । हामीवीचको प्रतिस्पर्धा संघर्षमा नबदलियोस् ।’

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७