एजेन्सी । इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले एक नेपाली र एक थाई नागरिकलाई घाइते अवस्थामा अस्पताल लैजाँदै गरेको भिडिओ सार्वजनिक गरेको छ।
आइडिएफले एक्स (ट्वीटर) बाट सार्वजनिक गरेको भिडिओमा हमासले २ जना घाइतेलाई अस्पताल लैजाँदै गरेको दृश्य देखिएकाे छ ।
भिडिओमा एक जनालाई डोहोर्याइँदै अस्पतालभित्र लगिएको र अर्का व्यक्तिलाई स्ट्रेचरमा राखेर उपचार कक्षमा लगिएका दृश्य छ ।
आइडिएफले एक्समार्फत ती दुईमध्ये एक नेपाली र एक थाई नागरिक रहेको बताएको छ । उसले ती व्यक्तिहरू को हुन् र अहिले कहाँ छन् भन्ने नखुलेको जानकारी दिएको छ ।
उक्त दृश्य गजाको अल-सिफा अस्पतालको रहेको द न्युयोर्क टाइम्सले उल्लेख गरेकाे छ ।
EXPOSED: This is documentation from Shifa Hospital from the day of the massacre, October 7, 2023, between the hours of 10:42 a.m and 11:01 a.m. in which hostages, a Nepalese civilian and a Thai civilian, were abducted from Israeli territory are seen surrounded by armed Hamas… pic.twitter.com/a5udjBw4wF
— Israel Defense Forces (@IDF) November 19, 2023
गत असोज २० (अक्टोबर ७) गते बिहान हमासले गजापट्टी सिमानातर्फको इजरायली भूभागका आकाश र जमिनबाट आक्रमण गरेको थियो ।
सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत गएका ४९ जना विद्यार्थी हमासले आक्रमण गरेको क्षेत्रमा कार्यरत थिए । हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए ।
हमासले त्यसदिन इजरायली र अन्य देशका गरी २४० जनालाई बन्धक बनाएर गजापट्टी लगेका थिए । बन्धक बनाइएकाहरूमा नेपालका विपिन जोशीसमेत रहेको इजरायलले नेपाल सरकारलाई जानकारी दिइसकेको छ ।