गमगढीको बीच बजारमा चोरी

मुगु । सदरमुकाम गमगढी बजारमा रहेको कृष्ण चोकनजिक आइतबार राति एक किराना पसलमा चोरी भएको छ ।

बीच बजारमा रहेको लक्ष्मी थापा बुढाले सञ्चालन गरेको जेनिशा स्टोर एण्ड सप्लायर्समा चोरी भएको हो ।

कालीकामालिका अस्थायी सुरक्षा प्रहरी पोष्टबाट करिब २ सय मिटर तल रहेको पसलको ढोकामा लगाएको ताला फोरेर अज्ञात समूहले चोरी गरेको प्रहरीले जनाएको छ ।

बिहान पसल खोल्न जाादा ताला फोरेको पाइएको पसल सञ्चालकले बताए । पसलको र्याकभित्र रहेको रुपैयाँ राख्र्ने घर्राबाट र खुत्रुकेमा दैनिक बचत गरी राखेको रुपैयाँसहित केही सामान चोरी भएको बुढाले बताइन् ।

प्रहरीका अनुसार २ लाख ५० हजारभन्दा बढी नगद, खुत्रुकेमा भएको नगद, मोबाइल सेट, पावर बैंक चोरी भएको छ ।

उक्त पसलमा भएको चोरीबारे अनुसन्धान थालिएको र संलग्न समूहको खोजी भइरकेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख वीरेन्द्र थापाले बताए ।

बजारका विभिन्न स्थानमा छायाँनाथ रारा नगरपालिकाले सिसी क्यामरा जडान गरेको भए पनि चोरीका घटना रोकिएका छैनन् ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७